Wednesday, May 6, 2020


खगेन्द्र पराजुली, 
२४ बैशाख, नवलपुर । 

जंगली च्याउ खाएर बिरामी परी जिल्ला अस्पताल नवलपुरमा उपचार गराएका ४ जना डिस्चार्ज भएका छन् भने चितवनको नयाँ मेडिकल कलेजमा भर्ना भएका २ जनाको उपचार भैरहेको छ । 

हिजो साँझ घरनजिकैको जंगलबाट टिपेर ल्याएको च्याउको तरकारी खाँदा बिरामी परेका बिनयी त्रिबेणी ४ का ४ जना मध्यबिन्दु जिल्ला अस्पतालमा उपचारपछि डिस्जार्ज लिएर घर फर्किसकेको अस्पताल स्रोतले जनाएको छ । 

त्यस्तै, हिजो नै मध्यबिन्दु १४ बतसका ४ घरपरिवारका १३ जनाले च्याउ खाएका मध्ये २ जनाको भरतपुरमा उपचार भैरहेको नयाँ मेडिकल कलेज अस्पताल स्रोतले जनाएको हो । 

भरतपुमा उपचार भैरहेकामा मध्यबिन्दु १४ का १५ बर्षका पदम रुचाल र बर्ष ६ का सुरज रुचाल रहेका छन् । 
अहिले बिरामीको अवस्था सुधार हुँदै गएको जनाईएको छ । 

मध्यबिन्दुका ती ४ परिवारले घर नजिकैको बतस सामुदायिक बनबाट च्याउ ल्याएर खाँदा बिरामी परेको वडाध्यक्ष मीनबहादुर दर्लामीले जानकारी दिनुभयो । 

0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *