Wednesday, May 6, 2020


खगेन्द्र पराजुली
२४ बैशाख, नवलपुर । 

नवलपुरबाट हिजो मंगलवार संकलन गरी परीक्षणका लागी पठाईएका ११ जनाको स्वाव नमूनाको रिपोर्ट नेगेटिभ आएको छ । 

शंकास्पद मानिएका भारत, नेपालगञ्ज तथा बिरगञ्जबाट आएका १ महिला र १० जना पुरुषको हिजो संकलन गरिएको घाँटीको स्वावको पिसीआर रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशवप्रसाद चापागाईले जानकारी दिनुभएको हो । 

हिजो संकलन गरी पठाईएका स्वावको नमूना गैंडाकोटका ३ जना, बिनयी त्रिबेणीका २ जना, कावासोतीका २ जना, बौदीकालीका २ जना देबचुलीका १ जना र मध्यबिन्दुका १ जनाको रहेको थियो । 

११ मध्ये मध्यबिन्दुकी १ महिलाको समेत स्वाव नमूना परीक्षण भएको हो । 

यी ११ नमूना परीक्षणका लागी पोखरा प्रयोगशाला पठाईएको थियो । 

यसअघि ७ वटा स्वाव समेत पोखरा प्रयोगशालामै परिक्षण भएका हुन् । 

यसअघिका ५३ स्वाव भने भरतपुर मार्फत काठमाण्डौ, हेटौडा र भरतपुरमै परिक्षण भएका थिए । 

अहिलेसम्म नवलपुरबाट परीक्षणका लागी पठाईएका ७१ वटा स्वाव परीक्षणको पिसीआर रिपोर्ट नेगेटिभ रहेकाले नवलपुरमा कोरोना संक्रमित नरहेको जिल्ला स्वास्थ्य कार्यालय नवलपुर प्रमुख चापागाईले प्रष्ट पार्नुभएको छ । 

0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *