Friday, May 15, 2020


खगेन्द्र पराजुली, 
२ जेठ, नवलपुर । 

नवलपुरमा आज २० जनाको स्वाव नमूना संकलन भएको छ । संकलित स्वाव भरतपुरस्थित कोरोना परीक्षण प्रयोगशाला पठाउने तयारी भएको छ । 

जिल्ला स्वास्थ्य कार्यालय प्रमुख केशवप्रसाद चापागाईका अनुसार गैडाकोटका ३ जना, देबचुलीका १२ जना, बिनयीत्रिबेणीका २ जना र कावासोतीका ३ जनाको स्वाव परीक्षणका लागी नमूना लिईएको हो । 

नवलपुरको मध्यबिन्दु जिल्ला अस्पतालमा ल्याएर उनीहरुको नमूना संकलन भएको छ । 

उनीहरु ५–६ दिन अगाडीदेखि यता भारतको मुम्वई, वनारस लगायत नेपालकै कपिलबस्तु, बिरगञ्ज, धनुषा, काठमाण्डौ लगायतका स्थानबाट आएका हुन् । 

आज शुक्रवार नमूना संकलन भएका उनीहरुमध्ये २ जनालाई जिल्ला अस्पतालको आईशोलेशनमा राखिएको छ भने बाँकीलाई स्थानीय सामुदायिक क्वारेन्टाईन र होम क्वारेन्टाईनमा पठाईएको जनाईएको छ । 

यसअघि परीक्षण भएका यहाँका ९८ स्वावमध्ये ९७ नेगेटिभ थिए भने बुधवार परीक्षण भएको १ जनाको हिजो बिहीवार कोरोना संक्रमण पुष्टि भएको थियो । ती संक्रमित भरतपुर कोरोना अस्पतालको आईशोलेशनमा स्वास्थ्यकर्मीको निरीक्षणमा छन् ।  

0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *