Saturday, May 9, 2020


खगेन्द्र पराजुली, 
२७ बैशाख, नवलपुर । 

आज शनिवार बिहानै मन्त्रालयले ७ जना कोभिड १९ का संक्रमित थपिएको पुष्टि गरेको छ । 

मन्त्रालयका सह–प्रवक्ता डा. समिरकुमार अधिकारीले प्रेस बिज्ञप्ति मार्फत नयाँ संक्रमित भेटिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ सय ९ पुगेको तथ्याङ्क सार्वजनिक गर्नुभएको हो । 

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र कोशी अस्पताल बिराटनगरको प्रयोगशालामा गरिएका परिक्षण मध्ये ७ जनामा संक्रमण पुष्टि भएको हो । 

७ जनामध्ये ३ जना महिला र ४ जना पुरुषमा संक्रमण पुष्टि भएको हो । 

उदयपुरको भुल्केका १८, ४५ र ६५ बर्षका महिलामा, कपिलबस्तुका १७ बर्षका १ जना र १८ बर्षका २ जना युवकमा तथा पर्सा छपकैयाका ६२ बर्षका पुरुषमा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *