Saturday, May 9, 2020



खगेन्द्र पराजुली, 
बैशाख २७, नवलपुर । 

नवलपुरमा आज शनिवार १४ जनाको र्या्पिड  टेष्ट भएको छ । योसँगै नवलपुरमा र्या्पिड टेष्ट गर्नेको संख्या १ हजार ७ पुगेको छ । यी सबै गरिएका परिक्षण नेगेटिभ रहेको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ । 

आज गरिएको आरडीटीमा गैंडाकोटका ४ जना, मध्यबिन्दुका १ जना, हुप्सेकोटका ९ जनाको परिक्षण भएको हो । 

अहिलेसम्म परीक्षण भईसकेका नवलपुरका ७१ स्वाव नमूना र १ हजार ७ आरडी परीक्षण गरी कुल १ हजार ७८ नमूना नेगेटिभ रहेको स्वास्थ्य कार्यालय प्रमुख केशवप्रसाद चापागाईले जानकारी दिनुभयो । 

0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *