खगेन्द्र पराजुली,
बैशाख २७, नवलपुर ।
जंगली च्याउ सेवन गरी बिरामी परेर शुक्रवार अस्पताल भर्ना भएकाको अवस्था सामान्य रहेको छ ।
बिनयी त्रिबेणी वडा नम्वर ४ का सर्दी सालघारीका एकै घरका ३ जना जंगली च्याउको तरकारी खाँदा बिरामी भएपछि उपचारका लागी हिजो जिल्ला अस्पताल भर्ना भएका हुन् ।
६५ बर्षकी बृद्धा रामप्यारी कुमाल, उनका ६ बर्षका नाती राहुल कुमाल र ५ बर्षकी नातिनी ऋतु कुमालको अवस्था अहिले सामान्य अवस्थामा आएकाले भोली बिहानसम्ममा डिस्चार्ज गर्न सकिने अस्पतालका सुचना अधिकारी छबि सुबेदीले जानकारी दिनुभयो ।
यसअघि गत मंगलवार साँझ सोही वडाका ४ जना पनि जंगली च्याउ सेवनकै कारण बिरामी परी अस्पताल आएका थिए ।
यही बैशाख २१ गते ७ जना, २३ गते ५ जना हिजो ३ जना गरी १५ जना एक साताको अवधिमा नवलपुरको मध्यबिन्दु अस्पतालमा उपचारका लागी आएकोे अस्पतालको तथ्याङ्क रहेको छ ।
गत बर्ष यो समयसम्ममा ११ जना जंगली तथा बिषाक्त च्याउ सेवन गरेका बिरामी अस्पतालमा उपचारका लागी आएको सुबेदीले बताउनुभयो ।
admin
0 ▼प्रतिक्रिया हरु▼:
Post a Comment