Sunday, May 10, 2020


देबभूमी खवर—
२८ बैशाख, नवलपुर । 

आज आईतवार स्वास्थ्य मन्त्रालयले १ जना कोभिड १९ का संक्रमित थपिएको पुष्टि गरेको छ । 

मन्त्रालयका सह–प्रवक्ता डा. समिरकुमार अधिकारीले प्रेस बिज्ञप्ति मार्फत नयाँ संक्रमित भेटिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ सय १० पुगेको तथ्याङ्क सार्वजनिक गर्नुभएको हो । 

कोशी अस्पताल बिराटनगरको प्रयोगशालामा गरिएका परिक्षणमा १ जनामा संक्रमण पुष्टि भएको हो । 
उदयपुरको भुल्केकी ४३ बर्षकी महिलामा संक्रमण देखिएको हो । हिजो सोही ठाउँका ३ जनामा संक्रमण पुष्टि भएको थियो । 

संक्रमितमध्ये ३२ जना महिला र ७८ जना पुरुष छन् । 

0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *