देबभूमी खवर—
२८ बैशाख,
तनहुँमा आज (आईतवार) एउटा चितुवा पासो थापिएको खोरमा फसेको छ । योसँगै अहिलेसम्म आठवटा नरभक्षी चितुवा पासोमा फसेका छन् ।
आज बिहान तनहुँको बन्दीपुर गाउँपालिका–३ शेराटारमा एउटा चितुवा खोरमा परेको हो ।
वन कार्यालयको सहयोगमा स्थानीयवासीले १५ दिन अगाडि यहाँ खोर राखेका थिए ।
चितुवालाई पासोमा फसाउन खोरमा बाख्रा राखिएको थियो ।
बाख्रासहितको खोरमा परेर नियन्त्रणमा आएको चितुवालाई उद्धार गरेर डिभिजन वन कार्यालय तनहुँले ल्याएको डिभिजन वन प्रमुख केदार बरालले जानकारी दिए ।
चितुवालाई त्यहाँबाट कहाँ लैजाने भन्नेबारेमा छलफल हुने बरालले जानकारी दिनुभयो ।
चितुवाको आतङ्क बढेपछि राखिएको खोरमा परेर चितुवा नियन्त्रणमा आएको डिभिजन वन कार्यालय तनहुँले जनाएको छ ।
यसअघि भानु नगरपालिकामा पाँच, व्यास नगरपालिकामा एक र बन्दीपुर गाउँपालिकामा एक गरी सात चितुवा नियन्त्रणमा आइसकेको छ ।
तनहुँको भानु नगरपालिका, शुक्लागण्डकी नगरपालिका, आँबुखैरेनी गाउँपालिका र बन्दीपुर गाउँपालिकामा चितुवाको आतङ्क छ । बीस महिनाको अवधिमा जिल्लामा चितुवाको आक्रमणबाट नौ बालबालिकाले ज्यान गुमाएका छन् ।
admin
0 ▼प्रतिक्रिया हरु▼:
Post a Comment