खगेन्द्र पराजुली,
२२ बैशाख, नवलपुर ।
नवलपुरमा आज सोमवार ७ जनाको र्यापिड टेष्ट भएको छ । योसँगै नवलपुरमा र्यापिड टेष्ट गर्नेको संख्या ९ सय ६० पुगेको छ । यी सबै गरिएका परिक्षण नेगेटिभ रहेको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ ।
आज गरिएको आरडीटीमा कावासोतीमा ५ जना, बुलिङटारमा १ जना र जिल्ला अस्पतालमा १ जनाको परिक्षण भएको हो ।
अहिलेसम्म परीक्षण भईसकेका नवलपुरका ६० स्वाव नमूना र ९ सय ६० आरडी परीक्षण नेगेटिभ रहेको स्वास्थ्य कार्यालय प्रमुख केशवप्रसाद चापागाईले जानकारी दिनुभयो ।
admin
0 ▼प्रतिक्रिया हरु▼:
Post a Comment