Sunday, May 3, 2020


खगेन्द्र पराजुली, 
२१ बैशाख, नवलपुर । 

बिश्वभर कोरोना संक्रमण फैलिएका कारण बिकसित पछिल्लो स्थितिमा शिक्षाक्षेत्रमा समेत प्रभाव परेपछि सुचना र प्रबिधिका साधनलाई उपयोग गर्दै चलेका अनलाईन कक्षाका बिषयमा मिश्रित धारणा आईरहेका छन् । यसै सन्दर्भमा नवलपुरका बिभिन्न क्षेत्रमा थालिएका अनलाईन कक्षाका अवधारणामा जिल्ला शिक्षा तथा समन्वय ईकाई प्रमुख कृष्णचन्द्र पोख्रेलले बर्तमानमा यसलाई रचनात्मक र सिर्जनात्मक ढंगले बुझ्नुपर्ने धारणा राख्नुभएको छ । 

वहाँले बिगतमा पनि रेडियोका माध्यमवाट बिषयगत शैक्षिक कार्यक्रमहरु सञ्चालन भईसकेकाले यो धेरै नौलो नभएको बताउनुभयो ।

त्यस्तै, कावासोतीमा रहेको समता शिक्षा निकेतनका प्रिन्सीपल महेश भुर्तेलले अहिले हतार गरिहाल्नुपर्ने अवस्था नरहेको प्रतिक्रिया दिनुभएको छ ।

वहाँले अनलाईन कक्षा सञ्चालन गर्दा ईन्टरनेटको पहुँच, साधन स्रोतको पर्याप्तता लगायतको मुल्यांकन नगरी कार्यक्रमको परिकल्पना गर्दा यो सेवावाट बञ्चित बिद्यार्थी बालबालिकामा कतै नकारात्मक प्रभाव पर्ने हो कि भन्ने चिन्ता रहेको बताउनुभयो ।

यता, अनलाइन पाठशाला कार्यक्रम संयोजक रमेश अधिकारीले ढिलोचाँडो प्रबिधिलाई उपयोग गरी यस खाले शिक्षामा प्रबेश गर्नुपर्ने भएकाले अहिले शुरु गरिएको कार्यक्रमले बिद्यार्थीमा राम्रो सन्देश गएको दावी गर्दै यसलाई अभिभावक तथा शिक्षा क्षेत्रसँग सरोकार राख्नेहरुले प्रोत्साहन गर्नुपर्ने बताउनुभएको छ ।

0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *