खगेन्द्र पराजुली
२ असार, नवलपुर ।
आज मंगलवार नवलपुरका ३ जनामा संक्रमण देखिएसँगै नवलपुरमा कोरोना संक्रमितको संख्या ४९ पुगेको छ ।
भरतपुर कोभिड १९ परीक्षण प्रयोगशलामा हिजो भएको परिक्षणमा कावासोती नगरपालिका वडा नं. ३ का ३७ बर्षका पुरुषमा कोभिड १९ को संक्रमण फेला परेको हो ।
यस्तै, पोखरामा भएको परिक्षणमा मध्यबिन्दु १० का १९ बर्षका एक किशोरमा र बिनयी त्रिबेणी वडा नम्वर २ का १८ बर्षका किशोरमा समेत संक्रमण देखा परेको छ ।
भरतपुरमा नवलपुरबाट पठाईएका स्वावहरुमध्ये गैडाकोटका २५ र कावासोतीका ५२ गरी ७७ स्वाव परिक्षण भएकामा बाँकी सबै ७६ स्वाव नेगेटिभ रिपोर्ट आएको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशवप्रसाद चापागाईले जानकारी दिनुभयो ।
यस्तै, हिजो नै परिक्षण भएर आज प्राप्त गण्डकी प्रादेशिक प्रयोगशालाको नवलपुरका २६ स्वाव रिपोर्ट नेगेटिभ रहेको छ ।
जिल्ला स्वास्थ्य कार्यालयलाई प्राप्त जानकारी अनुसार बिनयी त्रिबेणीका ३ र मध्यबिन्दुका २५ जनाको स्वाव परीक्षण भएको हो ।
गण्डकीले आज पठाएको स्वावको रिपोर्ट मध्यबिन्दुको २३ गतेको र बिनयी–त्रिबेणीको २६ गतेको हो ।
अव नवलपुरबाट भरतपुर पठाईएका देबचुलीका ५२ र गैडाकोटका ३१ गरी ८३ स्वाव र पोखरामा मध्यबिन्दुका २ सय २५, बिनयी त्रिबेणीका ८६, कावासोतीका ५९, गैंडाकोटकै १४, बुलिङटारका १ सय ८, हुप्सेकोटका ८६, बौदीकालीका ४३ र देबचुलीका ४ गरी जम्मा ट सय २५ सहित ७ सय ८ स्वाव परिक्षणको नतिजा आउन बाँकी रहेको छ ।

admin
0 ▼प्रतिक्रिया हरु▼:
Post a Comment