खगेन्द्र पराजुली,
२९ जेठ, नवलपुर ।
आज बिहीबार नेपालमा थप २ सय ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज संक्रमण पुष्टि हुनेमा २ सय ३० जना पुरुष र २० जना महिला छन् ।
योसँगै नेपालमा कुल संक्रमितको संख्या ४ हजार ६ सय १४ पुगेको छ ।
अहिलेसम्म ४ हजार २ सय ८५ जना पुरुष र ३ सय २९ जना महिलामा संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमण पुष्टि भएर उपचार गराईरहेकामध्ये १ सय ८७ जना निको भएका छन् ।
१ सय ८७ जना संक्रमणमुक्त भएसँगै कुल ८ सय ६१ जनालाई डिस्चार्ज गरिएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताउनुभयो ।
निको हुनेमा पुरुष ७ सय ७४ जना र महिला ८७ जना रहेका छन् ।
हालसम्म नेपालका ७७ जिल्लामध्ये ७२ जिल्लाका मानिसमा संक्रमण पुष्टि भएको छ ।
admin
0 ▼प्रतिक्रिया हरु▼:
Post a Comment