खगेन्द्र पराजुली,
२९ जेठ, नवलपुर ।
नवलपुरमा कोभिड १९ का संक्रमितको संख्या दिनहुँ बढ्दै गएकाले जिल्लाको प्राकृतिक चिकित्सालयलाई कोभिड १९ अस्पतालको रुपमा बिकास गरिएको छ ।
गण्डकी प्रदेश सामाजिक बिकास मन्त्रालय स्वास्थ्य निर्देशनालय निर्देशक डा. बिनोदबिन्दु शर्माको उपस्थिति र अनुगमनपछि लगत्तै चिकित्सालयमा बसेको जिल्लाकै सीसीएमसीको बैठकले कोरोना संक्रमितको उपचार गर्ने अस्पतालको रुपमा चिकित्सालयलाई उपयोगमा ल्याउने निर्णय गरेको थियो ।
उक्त निर्णय पश्चात् नवलपुरमा पुष्टि भएका त्यसपछिका कोरोना संक्रमितलाई यही अस्पतालमा भर्ना गरी प्राकृतिक ढंगबाटै आहार–बिहार, योग–अभ्यास, अध्यात्म–सत्संग लगायत आयुर्बेदिक पद्धतिवाट स्वास्थ्य सुधार, शारीरीक सुगठन र मानसिक चिन्तनको बृद्धि बिकासमा समेत उपचार केन्द्रित रहेको चिकित्सालयका डा. बिनोद पौडेलले बताउनुभयो ।
डा. पौडेलले आफु सहित अस्पतालको आफ्नो टीम अहिले कोरोना संक्रमितलाई प्राकृतिक बिधिबाटै संक्रमणमुक्त गराउन लागिपरेको बताउँदै संक्रमितलाई चाँडो निको गराउने प्रयत्नमा रहेको बताउनुभयो ।
ठ्याक्कै यति दिनमा सञ्चो गराउँछौ भनेर त दावी गर्न सकिदैन तर पनि सञ्चो हुन्छ, छिटो सञ्चो गराउने प्रयत्नमा हाम्रो टीम खटिरहेको छ । वहाँले भन्नुभयो ।
डा. पौडेलले भन्नुभयो– जसरी हामी सबैलाइ साबुन पानीले हात मात्रै धोएर पनि बिश्वब्यापी महामारी कोरोना सर्नबाट जोगिन सकिन्छ भन्ने एउटा सर्बब्यापी नारा जनजिब्रोमा, मन–मस्तिष्कमा बसेको छ त्यस्तै गरी संक्रमितलाई निको बनाउन तातोपानी पिउन भनिएको छ त्यस्तै अरु २ वटा बिधि प्रयोगमा ल्याउने हो भने छिटो निको हुने सम्भावना धेरै हुन्छ ।
वहाँले कोरोना संक्रमितले नूनसहितको मनतातो पानीले घाँटीसम्म सफा हुनेगरी कुल्ला गर्ने र दिनमा ३ पटकसम्म वाफ लिने हो भने संक्रमणलाई नियन्त्रणमा राखी क्रमिक सुधार आउने बताउनुभयो ।
यसो गर्दा मुख, घाँटी सम्म सफा हुने र सफा ठाउँमा हानिकारक भाईरसका लागी प्रतिकुल बातावरण सिर्जना भई ती भाईरसको बृद्धि बिकास घट्दै जान्छ बाफका माध्यमबाट छाती फोक्सोेलाई पुनर्ताजगी गराउन मदत पुग्छ । फलतः छिटो निको हुने सम्भाब्यता बढेर आउँछ । डा. पौडेलले बताउनुभयो ।
admin
0 ▼प्रतिक्रिया हरु▼:
Post a Comment