Wednesday, June 10, 2020


खगेन्द्र पराजुली,
२८ जेठ, नवलपुर ।

आज बुधबार नवलपुरमा २ सय ९ जनाको स्वाव संकलन भएको छ ।

नवलपुरका ४ वटा पालिकाबाट संकलन भएका २ सय ९ जनाको स्वाव नमूना काठमाण्डौ, पोखरा र भरतपुर परीक्षणका लागी पठाईएको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ । 

आज संकलन भएका गैंडाकोटका १४ जनाको र कावासोतीका ५९ जनाको स्वाव नमूना पोखरा प्रयोगशाला लगिएको छ ।

हुप्सेकोटका ८४ जनाको स्वाव संकलन गरी काठमाण्डौ पठाईएको छ । 
यस्तै देवचुलीमा संकलन भएका ५२ स्वाव परीक्षणका लागी भरतपुर प्रयोगशालामा राखिएको देबचुली स्वास्थ्य शाखाले जनाएको छ । 

अहिलेसम्म नवलपुरमा १ हजार ३ सय ८६ स्वाव नमूना संकलन भएकामा ६ सय ६६ जनाको रिपोर्ट आईसकेको छ । जसमध्ये ६ सय २९ जनामा नेगेटिभ रिपोर्ट आएको छ ।

आजसम्म आएका रिपोर्टमा नवलपुरका ३७ जनामा कोरोना पोजेटिभ रहेको छ । 

अव परिक्षण भई नतिजा आउन बाँकी स्वाव नमूना ७ सय १५ रहेको छ ।

परीक्षण हुन बाँकी नवलपुरका स्वावमा पोखरामा देबचुलीका ५२, मध्यबिन्दुका २०८, हुप्सेकोटका ८६, बिनयी त्रिबेणीका ५२, बुलिङटारका १०८, कावासोतीका ५९ र गैडाकोट १४ गरी कुल ५ सय ७९ स्वाव नमूना छन् । 

यस्तै काठमाण्डौमा हुप्सेकोटका ८४ र भरतपुरमा देबचुलीकै ५२ स्वाव नमूना परिक्षणको लाईनमा रहेका छन् । 

0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *