Wednesday, June 10, 2020



खगेन्द्र पराजुली, 
२८ जेठ, नवलपुर । 

गण्डकी प्रदेशका ७ जना कोरोना संक्रमित ब्यक्तिहरु आज संक्रमणमुक्त भई अस्पतालबाट डिस्चार्ज भएका छन् । योसँगै गण्डकीमा कोरोना संक्रमित ११ जना निको भएका छन् । 

आज बुधबार स्याङ्जाका बालिङका २१ बर्षका १ जना युवक , र गल्याङका २७ र ४० बर्षका  २ जना पुरुष गरी ३ जनालाई जिल्ला अस्पताल स्याङ्जाको आइसोलेसनबाट डिस्चार्ज गरिएको हो । 

त्यस्तै, बाग्लुङका तमानखोलाका २७ बर्षका २ जना पुरुष र बडीगाडका १९ र २० बर्षका २ जना किशोरलाई धौलागिरी अस्पतालबाट डिस्चार्ज गरिएको प्रदेश जनस्वास्थ्य निर्देशनालयले बिज्ञप्तिमा उल्लेख गरेको छ । 

संक्रमित पुष्टि भई आईशोलेसनमा रहेका स्याङजाका ३ जना र बाग्लुङका ४ जनाको पछिल्लो पिसीआर रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको निर्देशनालयले जनाएको छ । 

योसँगै गण्डकी प्रदेशमा कोरोना सञ्चो हुनेको संख्या बाग्लुङका २ जना महिला र ४ जना पुरुष सहित ६ जना, स्याङ्जामा ३ जना पुरुष, नवलपुरकी १ महिला र लमजुङका १ बालक सहित ११ पुगेको छ । 



0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *