आज बुधबार नेपालमा थप २ सय ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज संक्रमण पुष्टि हुनेमा २ सय ५७ जना पुरुष र २२ जना महिला छन् ।
योसँगै नेपालमा कुल संक्रमितको संख्या ४ हजार ३ सय ६४ पुगेको छ ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमण पुष्टि भएर उपचार गराईरहेकामध्ये ९० जना निको भएका छन् ।
९० जना संक्रमणमुक्त भएसँगै कुल ५ सय ७४ जनालाई डिस्चार्ज गरिएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताउनुभयो ।
निको हुनेमा पुरुष ५ सय ९५ जना र महिला ७९ जना रहेका छन् ।
हालसम्म नेपालका ७७ जिल्लामध्ये ७२ जिल्लाका मानिसमा संक्रमण पुष्टि भएको छ ।
admin
0 ▼प्रतिक्रिया हरु▼:
Post a Comment