Wednesday, June 10, 2020


खगेन्द्र पराजुली, 
२८ जेठ नवलपुर । 

गैंडाकोट नगरपालिकाका थप २ जनामा संक्रमण पुष्टि भएको छ । 

भरतपुर प्रयोगशालामा भएको परिक्षणमा गैंडाकोट वडा नं. १३ र १४ का २ जना पुरुषमा संक्रमण पुष्टि भई जिल्ला स्वास्थ्य कार्यालय नवलपुरलाई जानकारी आएको जनाईएको छ । 

गैंडाकोट स्वास्थ्य शाखा प्रमुख झलकराज पौडेलले दिनुभएको जानकारी अनुसार गैंडाकोट १३ का २३ बर्षका पुरुष र १४ का २६ बर्षका पुरुषमा संक्रमण पुष्टि भएको हो । 

गैडाकोटका लक्ष्मी माबि र जनशक्ति आधारभूत बिद्यालयको क्वारेन्टाईनमा भारतवाट आई बसेका १७ जनाको स्वाव संकलन गरी सोमवार पठाईएकामध्ये २ जनाको रिपोर्ट पोजेटिभ आएको वहाँले बताउनुभयो । 

गैंडाकोटका १७ मध्ये कति स्वाव परिक्षण भए भन्ने पुरै बिवरण आईनसकेको तर पोजेटिभ केशको रिपोर्ट आएको वहाँले बताउनुभयो । 

संक्रमित दुबै जनालाई प्राकृतिक चिकित्सालयको आईशोलेशनमा पठाईसकिएको छ । 

आज बिहान यसअघि देबचुलीका १ जनामा पनि पोखरामा भएको परिक्षणमा कोरोना संक्रमण पुष्टि भएको थियो । 

योसँगै आज नवलपुरमा ३ जनामा संक्रमण पुष्टि भएको छ । 

नवलपुमा संक्रमित संख्या ३७ पुगेको छ । गैंडाकोटमा ४ जनामा संक्रमण पुष्टि भएको छ । 

0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *