Wednesday, June 10, 2020


खगेन्द्र पराजुली, 
२८ जेठ नवलपुर । 

नवलपुरका एकजनामा संक्रमण पुष्टि भएको छ । 

गण्डकी प्रदेस स्वास्थ्य निर्देशनालयले आज नवलपुरको देबचुलीका १ जनामा संक्रमण पुष्टि भएसँगै गण्डकीमा मात्र संक्रमितको संख्या १ सय ४५ पुगेको  जनाएको छ । 

आज बुधबार संक्रमण पुष्टि हुनेमा देबचुली ४ का ४० बर्षका एक पुरुष छन् । 

ती पुरुष नेपाल माबिको क्वारेन्टाईनमा बसेका थिए । 

जेठ १५ गते उनलाई सिधा क्वारेन्टाईनमा राखिएको देबचुली नगर स्वास्थ्य शाखा प्रमुख रामकुमार श्रेष्ठले बताउनुभयो । 

संक्रमित ब्यक्तिलाई अव प्राकृतिक चिकित्सालयको आईशोलेसनमा लैजाने तयारी भएको यहाँको स्वास्थ्य शाखाले जनाएको छ । 

आज  थप एक जना संक्रमित थपिएसँगै नवलपुरमा संक्रमण पुष्टि हुनेको संख्या ३५ पुगेको छ भने देबचुलीमा ६ पुगेको छ । 

यी मध्ये देबचुली माईती ठेगाना लेखाउँदा नवलपुरको ठेगानामा संक्रमित पुष्टि भएकी एक २४ बर्षकी चेली संक्रमणमुक्त भएकी छन् । 
। 

देबचुलीका  संकलित ६९ स्वावमध्ये १७ वटाको परिक्षणमा एक नतिजा पोजेटिभ आएको जनाईएको छ । 

0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *