खगेन्द्र पराजुली,
२७ जेठ, नवलपुर ।
कावासोती १ रिठेपानीको जनकल्याण माबिको क्वारेन्टाईनमा बसेका १ जनामा संक्रमण पुष्टि भएसँगै यहाँ समुदायका ६ जनालाई क्वारेन्टाईनमा राखिएको छ ।
हिजो संक्रमण पुष्टि भएका एक २१ बर्षका युवालाई लुकिछिपी मदिरा तथा अन्य सामाग्री ओसारपसार गर्ने एक युवक सहित ती युवकले सामान किनेर लैजाने स्थानीय पसलवालाका परिवारलाई नै क्वारेन्टाईनमा राखिएको वडा नम्वर १ का वडाध्यक्ष नारायणप्रसाद पन्तले बताउनुभयो ।
वडाध्यक्ष पन्तका अनुसार ती संक्रमित ब्यक्तिले गाउँकै आफ्नो एकजना साथीलाई मोवाईलमा फोन गरेर रक्सी मगाउने, ती बिचौलिया साथीले पसलबाट रक्सी किनेर ल्याईदिने, संक्रमितको साथमा रहेको पैसा आफुले लिने त्यो पैसा पसलेलाई दिने लगायतका निकट सम्पर्क र ब्यवहार भएको खुलेपछि बिचौलिया १ जना र पसल घरका सबै ५ जनालाई आज मंगलवार क्वारेन्टाईनमा राखिएको हो ।
पसलघरका सपरिवारलाई घरमा ढोका नै लगाएर क्वारेन्टाईनमा राखिएकोले उनका पशुपंक्षीको हेरचाहका लागी एकजना काम गर्ने मान्छेको ब्यवस्था पनि गरिएको जनाईएको छ ।
अहिले यहाँको क्वारेन्टाईनमा समुदायकै ६ जना सहित १९ जना रहेका छन् ।
कावासोती १ मा ३ जना कोरोनाका संक्रमित पुष्टि भएको छ ।
१ जनालाई मध्यबिन्दु जिल्ला अस्पताल डण्डा र हिजोका संक्रमित २ जनालाई प्राकृतिक चिकित्सालय रजहरको आईशोलेसन राखिएको छ ।
admin
0 ▼प्रतिक्रिया हरु▼:
Post a Comment