खगेन्द्र पराजुली
२७ जेठ, नवलपुर ।
मंगलबार नेपालमा थप ३ सय २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज संक्रमण पुष्टि हुनेमा २ सय ९२ जना पुरुष र ३१ जना महिला छन् ।
योसँगै नेपालमा कुल संक्रमितको संख्या ४ हजार ८५ पुगेको छ ।
केन्द्रले चितवनमा हिजो संक्रमण पुष्टि भएका सबै ३० जनालाई आजको अपडेटमा समेटेको छ ।
हिजो पछिल्लो २४ घण्टामा कोरोना संक्रमण पुष्टि भएर उपचार गराईरहेकामध्ये ९६ जना निको भएका छन् ।
९६ जना संक्रमणमुक्त भएसँगै कुल ५ सय ८४ जनालाई डिस्चार्ज गरिएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताउनुभयो ।
निको हुनेमा पुरुष ५ सय ७ जना र महिला ७७ जना रहेको छन् ।
हालसम्म नेपालका ७७ जिल्लामध्ये ७२ जिल्लाका मानिसमा संक्रमण पुष्टि भएको छ ।
आज ईलाममा संक्रमित भेटिएका छन् ।
यस्तै, भरतपुर अस्पतालको आईसीयूमा आज एक जना कोरोना संक्रमितको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या १५ पुगेको छ ।
admin
0 ▼प्रतिक्रिया हरु▼:
Post a Comment