खगेन्द्र पराजुली,
२७ जेठ नवलपुर ।
नवलपुरमा मंगलबार बिहान एकैदिन १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नवलपुर जिल्लामा संत्रमितको संख्या ३४ पुगेको छ ।
नवलपुरको बौदीकाली गाउँपालिकाका १२ जनामा संक्रमण पुष्टि भएको हो । पोखराको प्रादेशिक प्रयोगशालामा भएको परिक्षणमा ती संक्रमितको कोभिड १९ पोजेटिभ आएको हो ।
संक्रमित सबै बौदीकालीको क्वारेन्टाईनमा बसेका ब्यक्तिहरु रहेको छन् ।
कोरोना जाँचका लागी बौदीकालीबाट जेठ २० गते संकलन गरी पठाईएका ६५ स्वावमध्ये हिजो नेगेटिभ पुष्टि भएका रिपोर्ट आए पछि परिक्षण हुन बाँकी रहेका भनिएका ३० जनाको स्वाव जाँचमा १२ संक्रमित भेटिएका हुन् ।
संक्रमितहरु १८ बर्षदेखी ४० बर्ष उमेरका छन् । बौदीकालीका ३ वटा वडाका मानिसहरु भारतबाट आई क्वारेनटाईनमा बसेकाहरुमा संक्रमण देखिएको हो ।
बौदीकाली गाउँपालिका वडा नम्वर १ का १ जना, २ का २ जना र ४ का ९ जनामा संक्रमण पुष्टि भएको छ ।

नवलपुरका ८ पालिकामध्ये ७ पालिकामा संक्रमित भेटिएका छन् ।
गैंडाकोटमा २, देबचुलीमा ५, कावासोतीमा ५, बिनयी त्रिबेणीमा ५, हुप्सेकोटमा ४, बुलिङटारमा १ र बौदीकालीमा १२ गरी ३४ जनामा संक्रमण पुष्टि भएको छ । ३२ जना पुरुष र २ जना महिलामा संक्रमण देखिएको हो ।
यीमध्ये १ जना महिला संक्रमणमुक्त भएकी छन् ।
नवलपुरका पहिलो संक्रमित जेठ १ गते पुष्टि भएको हो ।
admin
0 ▼प्रतिक्रिया हरु▼:
Post a Comment