खगेन्द्र पराजुली,
२६ जेठ, नवलपुर ।
आज सोमबार नेपालमा थप ३ सय ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
केन्द्रिय अद्यावधिक तथ्याङ् ३ सय १४ र भरतपुर अस्पतालले सार्वजनिक गरेको तथ्याङ्क २३ सहित संक्रमितको पछिल्लो तथ्याङक सहित नेपालमा कुल संक्रमितको संख्या ३ हजार ७ सय ८५ पुगेको छ ।
भरतपुर अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. श्रीराम तिवारीले भरतपुरको प्रयोगशालामा परिक्षण भएमध्ये २३ जनामा संक्रमण पुष्टि भएको तथ्याङ्क स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङभन्दा पौने १ घण्टा अगाडी सार्वजनिक गर्नुभएको हो ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमण पुष्टि भएर उपचार गराईरहेकामध्ये २१ जना निको भएका छन् ।
२१ जना संक्रमणमुक्त भएसँगै कुल ४ सय ८८ जनालाई डिस्चार्ज गरिएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताउनुभयो ।
आज स्याङजाका एक पुरुषको मृत्यु पुष्टि भएसँगै ज्यान गुमाउनेको संख्या १४ पुगेको छ ।
हालसम्म नेपालका ७७ जिल्लामध्ये ७१ जिल्लाका मानिसमा संक्रमण पुष्टि भएको छ ।
admin
0 ▼प्रतिक्रिया हरु▼:
Post a Comment