Monday, June 8, 2020


खगेन्द्र पराजुली, 
२६ जेठ, नवलपुर । 

आज सोमबार नेपालमा थप ३ सय १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

आज संक्रमित पुष्टि हुनेमा २ सय ९४ जना पुरुष र २० जना महिला छन् । 

योसँगै नेपालमा कुल संक्रमितको संख्या ३ हजार ७ सय ६२  पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमण पुष्टि भएर उपचार गराईरहेकामध्ये २१ जना निको भएका छन् ।

२१ जना संक्रमणमुक्त भएसँगै कुल ४ सय ८८ जनालाई डिस्चार्ज गरिएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताउनुभयो ।

आज स्याङजाका एक पुरुषको मृत्यु पुष्टि भएसँगै ज्यान गुमाउनेको संख्या १४ पुगेको छ । 

हालसम्म नेपालका ७७ जिल्लामध्ये ७१ जिल्लाका मानिसमा संक्रमण पुष्टि भएको छ ।

0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *