Monday, June 8, 2020


खगेन्द्र पराजुली, 
२६ जेठ, नवलपुर । 

नवलपुरमा आज थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

भरतपुर अस्पतालको आधिकारीक फेसबुक पेजबाट पहिलो पटक सार्वजनिक गरिएको फेसबुक प्रत्यक्ष प्रसारणमा नवलपुरका एक महिला सहित ४ जना पुरुषमा संक्रमण पुष्टि भएको छ । 

योसँगै नवलपुरमा संक्रमितको संख्या २२ पुगेको छ ।

संक्रमण पुष्टि हुनेमा गैंडाकोट ७ र ८ का ३९ र ३३ बर्षका २ जना पुरुष छन् । 

यस्तै, कावासोती १ र ६ का ४० र २१ बर्षका पुरुष र ६३ बर्षकी महिला भएको जिल्ला स्वास्थय कार्यालयले जनाएको छ । 

योसँगै नवलपुरका ८ पालिकामध्ये ६ पालिकामा संक्रमित फेला परेका छन् । 
गंडाकोटमा २, देबचुलीमा ५, कावासोतीमा ५, बिनयी त्रिबेणीमा ५, बुलिङटारमा १ र हुप्सेकोटमा ४ जनामा संक्रमण पुष्टि भएको छ । 

यीमध्ये नवलपुर माईती भएकी एक महिला निको भएकी छन् । 

0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *