Friday, June 12, 2020


खगेन्द्र पराजुली, 
३० जेठ, नवलपुर । 

गण्डकी प्रदेशमा आज शुक्रवार कोरोनाका नयाँ संक्रमित ३७ जना थपिएका छन्  । योसँगै गण्डकी प्रदेशमा मात्रै कुल संक्रमितको संख्या १ सय ८८ पुगेको छ । संक्रमितमध्ये ११ जना निको भएको छन् । 

जनस्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डा. बिनोदबिन्दु शर्माले आज बिहान प्रेस बिफ्रिङ मार्फत प्रदेशका ४ जिल्लाका ३७ जनामा संक्रमित फेला परेको बताउनुभयो । 

वहाँका अनुसार पर्वतमा १३ जना, स्याङजामा २२ जना, तनहुमा १ जना र नवलपुरमा १ जनामा संक्रमण भएको पुष्टि भएको हो । 

योसँगै गण्डकीका ११ जिल्लामध्ये मनाङ र मुस्ताङ बाहेकका नौ जिल्लाका मानिसमा संक्रमण देखिएको छ । 
प्रदेश सामाजिक बिकास मन्त्रालयका अनुसार बाग्लुङमा ४० जना, गोर्खामा १५ जना, कास्कीमा ५ जना, लमजुङमा १ जना, म्याग्दीमा ३ जना, नवलपुरमा ३८ जना, पर्वतमा २२ जना, स्याङ्जामा ६० जना र तनहुमा ४ जना कोरोना संक्रमित पुष्टि भएका छन् । 

बाग्लुङका ६ जना, स्याङ्जाका ३ जना, नवलपुरका १ जना र लमजुङका १ जना गरी ११ जना संक्रमणमुक्त भएका छन् । 

यहाँ स्याङ्जाका एक संक्रमितको निधन भएको छ । 

0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *