Friday, June 12, 2020



खगेन्द्र पराजुली, 
३० जेठ, नवलपुर । 

गण्डकी प्रदेशमा आज शुक्रवार कोरोनाका नयाँ संक्रमित ४१ जना थपिएका छन्  । योसँगै गण्डकी प्रदेशमा मात्रै कुल संक्रमितको संख्या १ सय ९२ पुगेको छ । संक्रमितमध्ये ११ जना निको भएको छन् । 

आज गण्डकीले २ पटक संक्रमितको तथ्याङ्क सार्वजनिक गरेको छ । 

पहिलोपटक बक्तब्य र बिज्ञप्ति दुबै माध्यमबाट प्रदेशका ४ जिल्लाका ३७ जनामा संक्रमित फेला परेको तथ्याङ्क सार्वजनिक भएको थियो भने पछिल्लो पटक थप ४ जना नयाँ संक्रमित थपिएको तथ्याङ्क सार्बजनिक भयो । 
गण्डकीले पुष्टि गरेपनि यो स्वाव परिक्षणका लागी काठमाण्डौ पठाईएका नमूनामध्येको रहेको यहाँको गाउँपालिकाले जनाएको छ । 

२८ गते बुधबार संकलन गरिएका ८४ स्वाव नमूनामध्ये ४ जनामा पोजेटिभ र अरु ८० नमूना नेगेटिभ रहेको गाउँपालिकाले जारी गरेको बिज्ञप्तिमा उल्लेख छ । 

पछिल्लो बिवरणमा कोरोना पुष्टि हुनेमा नवलपुरको हुप्सेकोट गाउँपालिकाका ४ जना रहेको छन् । योसँगै नवलपुरमा संक्रमित हुनेको संख्या ४२ पुगेको छ । 

बिहानका यस समाचारसँग सम्वन्धित समाचार पढ्नका लागी यी शिर्षकलाई क्लीक गरेर वा मोवाईलबाट टच गरेर गरेर पढ्न सक्नुहुनेछ । 

0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *