Tuesday, September 1, 2020


खगेन्द्र पराजुली, 
१६ भदौ, नवलपुर । 

नवलपुरका थप ३ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै आज मंगलवार मात्रै नवलपुरका १३ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै नवलपुरमा सक्रिय संक्रमित १ सय ३८ पुगेको छ । 

नवलपुरमा कुल संक्रमित ४ सय ८० पुगेको छ । तीमध्ये ३ सय ४१ जना संक्रमणमुक्त भई घर फर्किएका छन् भने जिल्लामा १ जनाको मृत्यु भएको बिवरण छ । 

भरतपुरको सिएमसी प्रयोगशालामा आफ्नै खर्चमा कोरोना परिक्षण गराएका गैंडाकोट, देबचुली र कावासोतीका गरी ३ जनामा पोजेटिभ देखिएको सिएमसीले सार्वजनिक गरेको बिवरणमा उल्लेख छ । 

बिज्ञप्तिमा उल्लेख भए अनुसार गैंडाकोट वडा नं. ४ की २५ र देबचुली १ की ३८ बर्षकी २ जना महिला तथा कावासोती ४ का ४७ बर्षका एक पुरुषमा पोजेटिभ देखिएको छ । 

स्वास्थ्य कार्यालय नवलपुरले संक्रमण पुष्टि भएका ३ जनाको पुरा बिवरण संकलन हुदै गरेकाले थप विबरण सम्वन्धित पालिकाले अस्पतालको प्रतिबेदन प्राप्त भएपछि केहीबेरमा उपलब्ध गराउने बताउनुभएको छ । 
यसअघिको  समाचार

देबचुलीका थप ५ जना सहित नवलपुरमा आज १० जनामा संक्रमण पुष्टिः

 नवलपुरमा अहिलेसम्म सक्रिय संक्रमित १ सय ३५



0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *