खगेन्द्र पराजुली,
१६ भदौ, नवलपुर ।
आज मंगलबार पछिल्लो २४ घण्टामा १ हजार ६९ जनामा कोरोना भाईरस कोभिड १९ संक्रमण पुष्टि भएको छ । देशैभरबाट आज एकैदिन १ हजार ६९ जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या ४० हजार ५ सय २९ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रबक्ता प्राध्यापक डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा १२ हजार ८८ स्वाव नमूनाको पिसीआर परिक्षण भएको जानकारी दिनुभयो ।
हालसम्म कोभिड १९ परीक्षण गर्ने क्रममा पिसीआर बिधि अनुसार ७ लाख ५ हजार ५ सय ६० नमूना परिक्षण भएको जानकारी गराउनुभएको छ ।
नेपालमा पछिल्लो २४ घण्टामा ७ सय ६८ जना संक्रमणमुक्त भएका छन् । देशका बिभिन्न आईशोलेसनबाट आज एकदिनमा ७ सय ६८ जना संक्रमणमुक्त भएसँगै अहिलेसम्म निको हुनेको संख्या २२ हजार १ सय ७८ पुगेको छ ।
मंगलबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रबक्ता प्राध्यापक डा. जागेश्वर गौतमले देशैभरी आज सक्रिय संक्रमितको संख्या १८ हजार १ सय १२ रहेको जानकारी दिनुभयो ।
जस्मा संस्थागत आईशोलेशनमा रहने संक्रमितको संख्या १० हजार ८ सय ३२ छ भने होम आईशोलेशनमा रहनेको संख्या ७ हजार २ सय ८० रहेको बताउनुभएको छ ।
आज देशैभर क्वारेन्टिनमा बस्नेको संख्या ७ हजार ३ सय ९० रहेको छ ।
अघिल्लो दिनको अपडेट समाचार
अघिल्लो दिनको अपडेट समाचार
admin
0 ▼प्रतिक्रिया हरु▼:
Post a Comment