Wednesday, September 2, 2020


खगेन्द्र पराजुली, 
१७ भदौ, नवलपुर । 

नवलपुरमा समुदायमा कोरोना संक्रमणब्यापक रुपमा फैलिएको भारतको सिमावर्ती गाउँमा मंगलबार स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशबप्रसाद चापागाई पुग्नुभएको छ । 
स्वास्थ्य शाखा बिनयी त्रिबेणीले स्थलगत अवलोकनका लागी संयोजन गरेकाले कार्यालय प्रमुख त्रिबेणी पुग्नुभएको हो । 
नवलपुरमै कोरोना संक्रमणको अति जोखिम क्षेत्रको रुपमा रहेको भारतसँग सिमा जोडिएका ६ र ७ नं. वडामा आगामी दिनमा संक्रमण नियन्त्रणका बिषयमा वडा नं. ६ का अध्यक्ष प्रितमबहादुर गुरुङ र ७ का अध्यक्ष गोपालबहादुर क्षेत्रीसँग छलफल भएको छ । 
स्वास्थ्य प्रमुख चापागाईका अनुसार अत्यावश्यक बाहेक भारतीय सीमानाका पूर्णत बन्द भनिए पनि कहिलेकाही भारततर्फबाट ५ नं. प्रदेश हुदै त्रिबेणीधाममा पुजाआजाका नाममा पितृशुद्धिकर्म अर्थात श्राद्ध गर्न र त्रिबेणी–स्नानका लागी समेत भारतीयहरु आउने गरेको वडाअध्यक्षले जानकारी गराएका छन् । 
यस्तै, ५ नं. प्रदेशले पश्चिम नवलपरासीका सीमावर्ती नजिकका पालिका अन्तर्गतका गाउँहरुमा समेत परिक्षणको दायरालाई फराकिलो नगराउँदा त्यहाँ समेत संक्रमित हुनसक्ने अवस्था रहेको तर पहिचान नहुदा संक्रमण एकबाट अर्कोमा फैलिरहेको हुन सक्ने आकलन भएको छ । 
वडाध्यक्षहरुले अवस्थाका बारेमा जानकारी दिएपश्चात् वडाबासीलाई मुख्य रुपमा स्वास्थ्य सुरक्षाका सावधानी अपनाउन, अनावश्यक हिडडुलमा कडाई गर्न समन्वय गर्न आफुले सुझाएको बताउनुभएको छ । 
वहाँले यहाँ समुदायमा कोरोना फैलिएको शंका लाग्नासाथ ट्रेसिङका आधारमा परिक्षणको दायरालाई स्वास्थ्य कार्यालय र गाउँपालिकाले समेत कुनै कन्जुस्याई नगरेकाले नागरीकले पनि सोही अनुसार स्वास्थ्य मापदण्ड पालना गर्ने हो भने छिट्टै अवस्था नियन्त्रणमा आउन सक्ने बताउनुभएको छ । 
यसैबीच स्वास्थ्य प्रमुख चापागाईले कोरोनाका कारण ज्यान गुमाएका बिनयी त्रिबेणी ६ कै मृतकको घरमै पुगेर मृत्यु संस्कारमा बसेका परिवारमा समबेदना प्रकट गर्नुभएको छ । 
कोभिड १९ संक्रमित भएका मृतकका छोरा मंगलबार नै रिपोर्टमा संक्रमणमुक्त भै प्राकृतिक आईशोलेशनबाट डिस्चार्ज भएर बुबाको मृत्यु संस्कारमा बसेका छन् । 


0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *