१७ भदौ, नवलपुर ।
चट्याङले लागेर बाग्लुङमा एक जनाको ज्यान गएको छ ।
मंगलवार साँझ चट्याङ लागेर बाग्लुङको बडिगाड १० का ५० बर्षका पुरुषको ज्यान गएको हो ।
प्रहरी कार्यालय बाग्लुङका प्रहरी नायव उपरीक्षक राजेन्द्र रेग्मीका अनुसार दर्लिङ दह गाउँका अशोक बुढाको मृत्यु भएको हो ।
यस्तै, चट्याङका कारण दर्लिङकै ६ जना घाईते भएका छन् भने पर्वतको फलेबास नगरपालिका वडा नं. ९ की शोभा सुनुवार गम्भीर घाईते भएकी छन् । यहाँको सम्मा गाउँमा परेको चट्याङका कारण सुनुवार सहित ४ जना घाईते भएका वडाअध्यक्ष गंगाधर शर्माले जानकारी दिनुभएको छ ।
admin
0 ▼प्रतिक्रिया हरु▼:
Post a Comment