खगेन्द्र पराजुली,
१७ भदौ, नवलपुर ।
आज बुधबार नवलपुरका ७ जनामा कोभिड १९ भाईरस संक्रमण पोजेटिभ पुष्टि भएको छ । योसँगै नवलपुरमा सक्रिय संक्रमितको संख्या १ सय ४५ पुगेको छ । आज नयाँ थपिएका ७ जनासँगै यहाँका कुल संक्रमित संख्या ४ सय ८७ पुगेको छ । तीमध्ये १ जनाको मृत्यु भएको छ भने ३ सय ४१ जना डिस्चार्ज भएका छन् ।
आज संक्रमण पुष्टि हुनेमा बिनयी त्रिबेणीका ५ जना, गैंडाकोटका १ जना र देबचुलीका १ जना रहेको गण्डकी जनस्वास्थ्य निर्देशनालयले जारी गरेको बिज्ञप्तिमा उल्लेख छ ।
पोखराको प्रयोगशालाबाट प्राप्त रिपोर्टमा बिनयी त्रिबेणीमा आज पुष्टि भएका ५ जना नै समुदायस्तरका भएको जनाईएको छ । वडा नं. २, ३ र ४ मा पुष्टि भएकामध्ये एक जना जनप्रतिनिधि, एक् जना सहकारीका कर्मचारी र स्थानीय ब्यापारी भएको बिनयी त्रिबेणी स्वास्थ्य शाखा प्रमुख ध्रुव काफ्लेले जानकारी दिनुभएको छ ।
यस्तै, चितवनबाट प्राप्त बिवरण अनुसार गैंडाकोट ९ की १ जना महिला स्थानीय महिला भएको र देबचुली १६ का १ जना पुरुष भनिएका ब्यक्ति समेत गैंडाकोटका भएको बुझ्नमा आएकाले थप ट्रेसिङ भईरहेको स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशवप्रसाद चापागाईले बताउनुभएको छ ।
यसअघिको समाचार
admin
0 ▼प्रतिक्रिया हरु▼:
Post a Comment