Sunday, September 6, 2020


खगेन्द्र पराजुली, 
२१ भदौ, नवलपुर । 

देबचुलीका १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नवलपुरमा कुल संक्रमितको संख्या ५ सय ६१ पुगेको छ सक्रिय संक्रमितको संख्या १ सय ९३ पुगेको छ । 
देबचुलीमा शनिवार संकलन गरी परीक्षणका लागी पोखरा पठाईएका ८३ जनाको स्वाव नमूनामध्ये प्राप्त भएको पोजेटिभ रिपोर्टमा १४ जना र भरतपुरको सीएमसीमा भएको परिक्षणबाट १ गरी १५ जनामा संक्रमण पुष्टि भएको हो । 
देबचुली १२ स्थायी ठेगाना भएका स्वास्थ्य कार्यालय नवलपुरमा कार्यरत एक स्वास्थ्यकर्मी, देबचुली १६ रजहरका एक जना क्वारेन्टाईनमा बसेका पुरुष सहित यसअघि संक्रमण पुष्टि भएका संक्रमितको निकट सम्पर्कमा रहेका कन्ट्याक ट्रेसिङमा परेका स्थानीयमा संक्रमण पुष्टि भएको स्वास्थ्य प्रमुख केशवप्रसाद चापागाईले जानकारी दिनुभएको छ । 
एकैपटक समुदायमा पुष्टि भएकामध्ये देबचुली २ का २५, २८, २६, ३०, २० बर्षका पुरुष, २८ बर्षकी १ महिला छन् । 
यस्तै, देबचुली १३ का १५, १६ बर्षका २ वालक र ४५ बर्षकी एक महिला वडा नं. १४ का ५० बर्षका पुरुष र वडा नं. ९ का ३८ बर्षका पुरुष र ३१ बर्षकी महिला मा संक्रमण पुष्टि भएको छ । 
यस्तै भरतपुरको सीएमसीमा भएको परीक्षणमा संक्रमण पुष्टि भएकी देबचुली ११ की २२ बर्षकी युवती सोही अस्पतालकै स्वास्थ्यकर्मी भएको जनाईएको छ । उनी बिगत एक महिनादेखी देबचुली नआएको पत्ता लागेको छ । 
यस्तै पोखरामा भएको परिक्षणमा गैंडाकोटकी २३ बर्षकी युबतीमा पनि संक्रमण पुष्टि भएको छ । 

0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *