Saturday, September 5, 2020


खगेन्द्र पराजुली, 
२० भदौ, नवलपुर ।  

नगरपालिकाको हलुका सवारी साधनका चालकमा कोरोना संक्रमण देखिएपछि शुक्रवारदेखी आउँदो बिहीवारसम्मका लागी देबचुली नगरपालिकाको कार्यालयको मूलढोका बन्द गरिएको छ । अहिले उक्त कार्यालयबाट प्रदान गरिने दैनिक सेवा सबै ठप्प छन् । 

यसैबीच नगरपालिकाले आज शनिवार आपतकालीन बैठक बसी थप संक्रमण नियन्त्रण र समुदायमा फैलन नदिनका लागी देबचुली क्षेत्रमा प्रचलित दाहसंस्कार गरिने घाटको निगरानी र  देबचुलीमा कार्यरत सरकारी स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीको आवासीय ब्यवस्थापनका बिषयमा निर्णय गरेको छ । 

आपतकालीन बैठकले देबचुलीमा रहेका रजहर, केउरेनी, प्रगतिनगरका नारायणी किनाकमा प्रचलित दाहसंस्कार गर्ने घाटमा शव ब्यवस्थापन गर्न लैजादा सुरक्षाकर्मी र वडाध्यक्ष सहितको टीमले शव–यात्रामा सहभागी हुने मलामीको भीडलाई सक्दो कम गरी स्वास्थ्य सुरक्षा मापदण्ड बमोजिम संक्रमण फैलावट नियन्त्रणमा भूमिका निर्वाह गर्ने निर्णय गरेको छ । 

यस्तै, अग्रपंक्तिमा खटिएर स्वास्थ्य सेवा प्रवाह गरिरहेका स्वास्थ्यकर्मीहरु बिभिन्न प्रकृतिका बिरामीहरुसँग प्रत्यक्ष सम्पर्कमा रहिरहने हुँदा ती स्वास्थ्यकर्मीहरु घरबाट आउ–जाउ गर्दा परिवारमा समेत संक्रमण सर्ने जोखिम उच्च हुने भएकाले स्वास्थ्यकर्मीलाई भीमसेन आदर्श माबिमा आवासीय प्रबन्ध मिलाउने निर्णय नगरपालिकाले गरेको छ । 

0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *