खगेन्द्र पराजुली,
१९ भदौ, नवलपुर ।
देबचुली नगरपालिकाका एक कर्मचारीमा संक्रमण पुष्टि भएको छ । आज पोखराबाट प्राप्त रिपोर्टमा देबचुली नगरपालिकाका एक पुरुष कर्मचारी सहित गैंडाकोटका बिभिन्न वडाका १६ जना गरी १७ जनामा संक्रमण पुष्टि भएको छ ।
पोखरावाट प्राप्त रिपोर्ट र गैंडाकोट स्वास्थ्य शाखाद्धारा प्रकाशित बिज्ञप्ति अनुसार गैंडाकोट १ का ४ जना, २ का ५ जना, ४ का २ जना र ५ का ५ जनामा संक्रमण पुष्टि भएको जनाईएको छ ।
आज पोजेटिभ पुष्टि भएकासँगै नवलपुरमा कुल संक्रमितको संख्या ५ सय २० पुगेको छ । ३ सय ६६ जना निको भएका भने २ जनाको मृत्यु भएको छ । नवलपुरमा सक्रिय संक्रमितको संख्या १ सय ५२ छ ।
admin
0 ▼प्रतिक्रिया हरु▼:
Post a Comment