Thursday, September 3, 2020


खगेन्द्र पराजुली, 
१८ भदौ, नवलपुर । 

१ सय १३ दिनमा नवलपुरमा ५ सय जनामा कोभिड १९ पोजेटिभ पुष्टि भएको छ । यस्तै कोभिडका कारण नवलपुरमा १ जनाको दुखद निधन भएको छ । कुल संक्रमितमध्ये उपचारपछि ३ सय ६५ जना संक्रमणमुक्त भएका छन् । 

आज बिहीबार २३ जनाको पुनः परिक्षणको रिपोर्ट नगेटिभ आएसँगै निको हुनेको संख्या ३ सय ६५ पुगेको स्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ । 

गत जेठ १ गते भारतवाट बिरगंज नाका हुदै आएका एक ब्यक्तिमा नवलपुरमै पहिलो संक्रमण पुष्टि भएको थियो । आज बुधबार बिहान देबचुली, गैंडाकोट र कावासोतीका एक–एक जनासहित ३ जनामा संक्रमण पुष्टि भएसँगै नवलपुरमा कुल संक्रमितको संख्या ५ सय पुगेको हो । 

आज देबचुली वडा नं. १ का ६६ बर्षका पुरुष, गैंडाकोट १३ का ३५ बर्षका पुरुष र कावासोती ३ की ३९ बर्षकी महिलाको पोजेटिभ  रिपोर्ट आएको हो । आजका संक्रमित ३ जना नै कन्ट्याक ट्रेसिङबाट पहिचान भएको प्रदेश जनस्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ । 

 अघिल्लो दिनको अपडेट समाचार       प्रदेशमा अद्यावधिक हुन १४ बाँकी


0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *