खगेन्द्र पराजुली,
१७ भदौ, नवलपुर ।
आज बुधबार नवलपुरमा कुल १७ जनामा संक्तमण पुष्टि भएको छ । हिजोको पछिल्लो बिवरण अनुसार ४ सय ८० रहेको नवलपुरको कुल संक्रमित संख्या बढेर ४ सय ९७ पुगेको छ । ती संक्रमितमध्ये संक्रमणमुक्त भई डिस्चार्ज हुनेको संख्या ३ सय ४२ र १ मृत्यु भएको संख्या १ छ । यो बिवरण सहित अव नवलपुरमा संक्रिय संक्रमितको संख्या १ सय ५४ रहेको स्वास्थ्य कार्यालय नवलपुरको पछिल्लो अद्यावधिक बिवरणमा उल्लेख छ ।
स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशवप्रसाद चापागाईका अनुसार आज पोखराबाट प्रकाशित पहिलो बिज्ञप्तिमा उल्लेख भएका बिनयी त्रिबेणीका ५ जना र चितवनको परीक्षणमा पोजेटिभ पुष्टि भएका गैंडाकोट वडा नं. ९ की एक महिला र देबचुली १६ रजहरमा छोरीको घरमा बस्दै आएका एक बृद्ध पुरुष गरी ७ जना पुष्टि भए ।
त्यसपछि गण्डकीले नै पुष्टि गरेको देबचुली १५ की एक युबतीमा संक्रमण देखिएपछि थप ८ जनामा संक्रमण पुष्टि भयो ।
यस्तै, चितवनको सीएमसी प्रयोगशालामा भएको परीक्षणमा नवलपुरका ८ जनामा संक्रमण पुष्टि भएको बिज्ञप्ति आए पनि खोजपडतालका क्रममा थप १ जना नवलपुरको भएको पुष्टि भएसँगै चितवनको परीक्षणबाटै पछिल्लो कोभिड पुष्टि भएको संख्या ९ रहेको कार्यालय प्रमुख चापागाईले बताउनुभएको छ ।
वहाँका अनुसार भरतपुर महानगरपालिका वडा नं. ११ ठेगानामा कोभिड पुष्टि भएका ६४ बर्षका पुरुष देबचुली वडा नं. १ का भएको र गैंडाकोट १५ ठेगानामा सीएमसीले उल्लेख गरेको बिवरणकी २२ बर्षीया युवती पनि देबचुली १५ की भएको पुष्टि भएसँगै देबचुलीमा मात्रै आज ८ जनामा संक्रमण पुष्टि भएको छ ।
यस्तै कावासोती वडा नं. १७ का ५१ बर्षका पुरुषमा संक्रमण पुष्टि भएको छ ।
आजै संक्रमण पुष्टि भएका गैंडाकोट ९ की बर्षकी युवती सहित वडा नं. ६ निवासी ६२ बर्षकी महिला र वडा नं. १० का ५० बर्षका पुरुष गरी गैंडाकोटका ३ जना मात्रै संक्रमित थपिएको स्वास्थ्य कार्यालयले प्रट पारेको छ ।
आज बिहान बिनयी त्रिबेणी २, ३ र ४ नं. वडामा पुष्टि भएका ५ जनामध्ये १ जना वडाका जनप्रतिनिधि, एक् जना स्थानीय सहकारीमा कार्यरत कर्मचारी र ३ जना स्थानीय पसल ब्यवसाय गर्ने ब्यापारी भएको बिनयी त्रिबेणी स्वास्थ्य शाखाले जनाएको छ ।
उता, प्रदेश निर्देशनालयको तथ्याङ्कमा भने यहाँको कुल संक्रमितको पुरा तथ्याङ्क अद्यावधिक भैसकेको छैन । नवलपुरको कुल संक्रमित संख्या जिल्लामा ४ सय ९७ पुग्दा प्रदेशको बिवरणमा भने ४ सय ८३ संक्रमितको मात्र तथ्याङ्क अद्यावधिक रहेको छ । आज चितवनबाट पुष्टि भएका पछिल्ला ९ जना संक्रमित र यसअघिका ५ जना संक्रमित गरी १४ जनाको बिवरण प्रदेशको तथ्याङ्मा अद्यावधिक हुन बाँकी छ ।
admin
0 ▼प्रतिक्रिया हरु▼:
Post a Comment