खगेन्द्र पराजुली,
१७ भदौ, नवलपुर ।
आज बुधबार पछिल्लो २४ घण्टामा १ हजार १ सय २० जनामा कोरोना भाईरस कोभिड १९ संक्रमण पुष्टि भएको छ । देशैभरबाट आज एकैदिन १ हजार १ सय २० जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या ४१ हजार ६ सय ४९ पुगेको छ ।
नेपालमा पछिल्लो २४ घण्टामा १ हजार १ सय १२ जना संक्रमणमुक्त भएका छन् । देशका बिभिन्न आईशोलेसनबाट आज एकदिनमा १ हजार १ सय १२ जना संक्रमणमुक्त भएसँगै अहिलेसम्म निको हुनेको संख्या २३ हजार २ सय ९० पुगेको छ ।
बुधबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रबक्ता प्राध्यापक डा. जागेश्वर गौतमले देशैभरी आज सक्रिय संक्रमितको संख्या १८ हजार १ सय ८ रहेको जानकारी दिनुभयो ।
जस्मा संस्थागत आईशोलेशनमा रहने संक्रमितको संख्या १० हजार ४ सय ९३ छ भने होम आईशोलेशनमा रहनेको संख्या ७ हजार ६ सय १५ रहेको बताउनुभएको छ ।
यस्तै आज आईसीयुमा रहेका कोभिड संक्रमित बिरामीको संख्या १ सय ४४ छ भने भेन्टिलेटरमा १८ जना छन् ।
आज देशैभर क्वारेन्टिनमा बस्नेको संख्या ६ हजार ७ सय ६६ रहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आज १२ जनाको मृत्यु पुष्टि भएसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २ सय ५१ पुगेको बताउनुभएको छ ।
आज ६ महिला र ६ पुरुषको मृत्यु भएको पुष्टि मन्त्रालयले गरेको छ ।
सचतवनका ५५ र १८ बर्षका, काठमाण्डौकी ८९ बर्षकी, ललितपुरकी ७० बर्षकी, तनहुँकी २० बर्षकी, कपिलबस्तुकी ६० बर्षकी महिलाहरुको मृत्यु भएको हो भने बाराका ९७ बर्षका, चितवनका ६५ बर्षका भक्तपुरका ४० बर्षका काठमाण्डौका ७० र ७५ बर्षका तथा धादिङका ४७ बर्षका पुरुषको कोरोनाकार कारण ज्यान गएको छ ।
अघिल्लो दिनको अपडेट समाचार आज पनि थपिए १ हजार बढी संक्रमित, कुल संक्रमित ४० हजार नाघ्यो
अघिल्लो दिनको अपडेट समाचार आज पनि थपिए १ हजार बढी संक्रमित, कुल संक्रमित ४० हजार नाघ्यो
admin
0 ▼प्रतिक्रिया हरु▼:
Post a Comment