Wednesday, September 2, 2020


खगेन्द्र पराजुली, 
१७ भदौ, नवलपुर ।

देवचुलीका ४ जना सहित नवलपुरमा फेरी ८ जनामा संक्रमण पुष्टि भएको छ । 
योसहित आज अहिलेसम्म नवलपुरका १६ जना नयाँ संक्रमित थपिएका छन् । थप पुष्टि भएको संख्या सहित नवलपुरमा कुल संक्रमितको संखया ४ सय ९६ पुगेको छ । 
यीसँगै जिल्लामा सक्रिय संक्रमितको संख्या पनि १ सय ५४ पुगेको छ । 
सीएमसी प्रयोगशालामा सशुल्क परीक्षण गर्दा देबचुली १ की ६५ बर्षकी महिला, देबचुली १० का ७४ बर्षका पुरुष, ६७ बर्षकी महिला, देबचुली १३ की २१ बर्षकी युवती, गैंडाकोट ६ की २१ बर्षकी महिला, १० का ५० बर्षका पुरुष, १५ की २२ बर्षकी युवती र कावासोती १७ का ५१ बर्षका पुरुषमा संक्रमण पुष्टि भएको अस्पतालको प्रतिबेदनमा उल्लेख छ । 
संक्रमित पुष्टि भएकाहरुको पूर्ण बिवरण सहितको प्रतिवेदन आईनसकेकाले स्पष्ट प्रतिबेदन पछि जारी गरिने सम्वन्धित पालिकाले जनाएका छन् । परिक्षण गराउन जानेहरुले कहिलेकाही गतल ठेगाना लेखाउँदा वडा तथा पालिका समेत फरक पर्न सक्ने भएकाले ट्रेसिङबाट पत्ता लागिसकेपछि पालिकाको आधिकारीक बिज्ञप्ति आउने जनाईएको छ । 

0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *