Saturday, September 15, 2018

खगेन्द्र पराजुली, 
देवचुली, ३० भदौं ।
महाराजा सामुदायिक बनले चौथो साधारण सभाको उद्घाटन कार्यक्रम सम्पन्न गरेको छ । शनिवार देबचुली १५, जागृतिटोल स्थित आफ्नै संस्थाको कार्यालय परिसरमा साधारण सभा सम्पन्न गरेको हो । समुदायमा बन हस्तान्तरण पछिका चौथो साधारण सभाको उद्घाटन समारोहमा बोल्दै प्रमुख अतिथि जिल्ला सामुदायिक बन उपभोक्ता महासंघ नवलपुरका अध्यक्ष ठाकुरप्रसाद पाण्डेले अव प्रदेश मातहतमा बन समूहहरु रहने भएकाले अव बन्ने निति नियमहरुमा राजनैतिक दल, जनप्रतिनिधि लगायत आम उपभोक्ताहरु समेत चनाखो हुनुपर्ने  बताउनुभयो । प्रमुख अतिथि पाण्डेले दिगो बन ब्यबस्थापनका लागी बैज्ञानिक वन ब्यवस्थापन दिगो बन कार्यक्रमको मेरुदण्ड रहेको धारणा राख्नुभयो ।

उद्घाटन कार्यक्रममा बन समूहका सल्लाहाकार सदस्य श्याम शर्मा भुसालले यस महाराजा सामुदायिक बनमाथी विगतदेखि भईरहेको अतिक्रमण र हस्तक्षेपको बिषयमा सरोकारवाला निकायहरु मौन रहेको आरोप लगाउँदै सम्वन्धित निकायहरु गम्भीर हुन आग्रह गर्नुभयो ।
कार्यक्रममा डिभिजन बन कार्यालय नवलपुरका सहायक बन अधिकृत कृष्णबहादुर देबकोटा, वडा नम्र १० का वडाध्यक्ष केशर आले, बन समूहका  पूर्व अध्यक्ष उत्तरकुमार श्रेष्ठ, जनकल्याण वनका अध्यक्ष कबिराम भण्डारी, सरस्वती पंथी लगायतले शुभकामना ब्यक्त गर्नुभएको थियो ।
उद्घाटन सत्रमा समूहका अध्यक्ष दशरथ भुसालले बार्षिक प्रतिवेदन बाचन गर्नुभएको थियो भने आर्थिक प्रतिवेदन बन उपभोक्ता समूहका कोषाध्यक्ष  कमलप्रसाद न्यौपानेले सुनाउनुभएको थियो । साधारणसभा उद्घाटन समारोहमा महाराजा सामुदायिक बन उपभोक्ता संस्थालाई आजको अवस्थासम्म ल्याउन सहयोग पुर्याएको भन्दै पूर्व संयोजक एवं अध्यक्षहरु उत्तरकुमार श्रेष्ठ, झिल्लुराम भुसाल, चन्द्रबहादुर भटराई, पहलसिंह राना र यमप्रसाद सापकोटालाई सम्मान गरिएको थियो ।

सम्मानकै क्रममा भूतपूर्व अध्यक्ष स्वर्गीय पूर्णकान्त पराजुलीको योगदानको उच्च मुल्यांकन गर्दै मरणोपरान्त सम्मान गरिएको हो । स्वर्गीय पराजुलीको सम्मान वहाँका धर्मपत्नी दीना पराजुलीले ग्रहण गर्नुभएको थियो ।


उद्घाटन समारोहको अध्यक्षता महाराजा सामुदायिक बन उपभोक्ता समूहका अध्यक्ष दशरथ भुसालले गर्नुभएको थियो भने स्वागत भनाई समूहका सदस्य शेषकान्ती सापकोटाले राख्नुभएको थियो ।त्यस्तै  सञ्चालन समूहका सचिव दुर्गादेबी रेग्मीले गर्नुभएको थियो ।

देबचुली नगरपालिकाका वडा नम्बर १०का सबै घरधुरी एवं ११, १४ र १५ का आंशिक क्षेत्रको कार्यक्षेत्र रहेको यस बन समूहमा ८ सय ५४ शेयर सदस्य रहेका छन् । यो बन २०७१ साल बैशाख २६ गते सामुदायिक बन समूदायलाई हस्तान्तरण गर्ने निति बमोजिम बन मन्त्रालय मार्फत जिल्ला बन कार्यालय नवलपरासीले हस्तान्तरण गरेको हो । बनको कुल क्षेत्रफल ९ सय ८५ हेक्टर रहेको छ । 

0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *