Tuesday, October 2, 2018


खगेन्द्र पराजुली
देवचुली, १६ असोज।
 महिला तथा बालबालिका यौनजन्य हिंसा बिरुद्ध सामाजिक सचेतनाका निम्ति मंगलवार रजहरमा मौन ¥याली भएको छ । देवचुली नगरपालिकाकको वडा नं. १६ को वडा कार्यालय परिसरबाट निस्किएको ¥यालीले रजहर बजारमा प्रदर्शन गरेको हो ।
सृजनशील बाल तथा युवा क्लव देबचुली १६ रजहरको आयोजनामा निकालिएको ¥यालीलाई स्थानीय ध्रुवतारा बाल क्लव, हरियाली बाल क्लव र प्रगति बाल क्लवले समेत ऐकबद्धता जनाएका थिए ।
¥यालीमा यौनजन्य अपराध नियन्त्रण गरौं सामाजिक सुरक्षाको ग्यारेन्टी गरौ, महिला तथा बालबालिका माथि हुने दुराचार र शोषण बिरुद्ध सम्वन्धित निकायको ध्यानाकर्षण होस् , बालबालिका खैलौना होइनन् , बालिका न त गर्भभित्र सुरक्षित नत गर्भ बाहिर नै, महिला तथा बालबालिकाको इज्जत तथा सम्मान गरौं लगायत थुप्रै प्लेकार्ड र ब्यानर प्रदर्शन गरिएको थियो ।
¥यालीमा स्थानीय बालबालिका, महिला, बुद्धिजिवी एवं सरोकारवाला संघसंस्थाका प्रतिनिधि र अधिकारकर्मीहरुको समेत उपस्थिति रहेको थियो ।

0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *