Thursday, October 4, 2018

खगेन्द्र पराजुली
देवचुली, १७ असोज
रजहरमा धुसेरी सामुदायिक कप फुटबल प्रतियोगिता को उद्घाटन भएको छ । बुधबार देबचुली नगरपालिकाको रजहर स्थित देबचुली माबिको खेल मैदानमा जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष बिकास केसीले प्रतियोगिताको उद्घाटन गर्नुभयो । एन्फा रेफ्री प्रतिक घिमिरेलाई बल हस्तान्तरण गरी प्रतियोगिताको उद्घाटन भएको थियो । 
नवलपुरका एन्फा अध्यक्ष सेतमान पुनले यस प्रतियोगिताले खेलकुदको बिकासमा योगदान पुग्ने बिश्वास ब्यक्त गर्नुभयो । 
प्रतियोगिताको पहिलो खेल चितवनको युनिक फुटवल क्लव र नवलपुरको शान्तिदीप फुटवल क्लवबीच भएको थियो । प्रतियोगिता अत्यन्त प्रतिस्पर्धामा चलेको थियो । पहिलो प्रतिस्पर्धा खेलको निर्णय पेनाल्टीबाट भएको थियो पेनाल्टीमा शान्तिदीप फुटवल क्लव नवलपुरले जित हात पारेको हो । 
बुधबारको म्यान अफ द म्याच शान्तिदीपका गोलकिपर राजु काफ्ले भएका छन् । प्रतियोगिताको प्रथम पुरस्कारको राशी १ लाख ५१ हजार द्धितीय पुरस्कारको राशरु ८१ हजार रुपैया सहित सिल्ड मेडल र प्रमाणपत्र रहेको आयोजक हरियाली युवा क्लवका अध्यक्ष नारायण अधिकारीले वताउनुभयो । 
प्रतियोगिताको मुख्य प्रायोजन धुसेरी सामुदायिक वनले गरेको छ ।  

0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *