Thursday, October 4, 2018

खगेन्द्र पराजुली
१७ असोज
हुप्सेकोट गाउपालिकामा आफु खुसी शिक्षा बिद्येयक ल्याईएको भन्दै गाउपालिकाले जारी गरेको विद्येयक जलाईको छ । बुधबार गिरुवारीमा नेपाल कम्युनिष्ट पार्टी नेकपाका स्थानीय कार्यकर्ताले शिक्षा बिद्येयक जलाएका हुन् । 
गाउपालिकाले शिक्षा विद्येयक जारी गरेपछि राजनितिक पूर्वाग्रहको आधारमा विद्येयकको प्रयोग गरि मनपरी गरेको भन्दै बिरोध जनाएका छन् । बिरोध कार्यक्रमको कोण सभामा बोल्दै अधिकांश बक्ताले हुप्सेकोट गाउँपालिकाको शिक्षा शाखालाई नेपाली काँग्रेसको भर्ती केन्द्रको संज्ञा दिएका थिए । 
कोण सभामा नेकपाका हुप्सेकोट संयोजक चन्द्र बहादुर थापाले राष्ट्रिय शिक्षा आयोग २०२८ र शिक्षासँग सम्वन्धित बिभिन्न प्रतिवेदनसँग बाझिएका ऐन गाउँपालिकाले तत्काल खारेज गर्न माग गर्नुभयो । यदि आफ्ना मागहरु सम्वोधन नभए नेकपा हुप्सेकोट संघर्षमा उत्रने चेतावनी समेत दिनुभयो ।
 त्यस्तै नेपाल शिक्षक संगठन हुप्सेकोटका अध्यक्ष केशवप्रसाद अधिकारीले गाउँपालिकाले जारी गरेको बिद्येयकले शिक्षाका बिभिन्न ऐन र कार्यबिधि बिपरीत बिद्यालय ब्यवस्थापन समिति र शिक्षक अभिभावक संघका अधिकारहरु समेत कटौती गरेको आरोप लगाउनुभयो । अध्यक्ष अधिकारीले हुप्सेकोटका बिद्यालयहरुमा हालसालै बनेका नयाँ बिद्यालय ब्यवस्थापन समितिहरु तत्काल खारेज गर्नुपर्ने धारणा राख्नुभएको थियो ।
 गाउपालिकाले नया विद्येक जारी गरे पछि हुप्सेकोट ६ को बराजु निमामि, १ को शन्ति मावि, ५ को सतहकुना विद्यालय लगाएतका विद्यालयमा यस अघि गाउभेला बाट गठित विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरुलाई हटाउदै आफु निकट व्यक्तिलाई अध्यक्ष बनाएको नेकपाको आरोप छ  ।  

0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *