Thursday, October 4, 2018

खगेन्द्र पराजुली
कावासोती, १८ असोज
नवलपुर जेसिजले आयोजना गरेको सप्ताह व्यापी कार्यक्रम अन्तर्गतको दोश्रो दिन बिहिवार श्रष्टा सम्मान तथा रचना बाचन कार्यक्रम सम्पन्न भएको छ । कावासोती लुम्विनी आवासिय माविमा भएको कार्यक्रममा प्रमुख अतिथि कावासोती नगरपालिकाका उप प्रमुख प्रेमशंकर मर्दनिया रहनुभएको थियो । उप प्रमुख मर्दनियाले नवलपुर जेसिजले युवाहरुको ब्यक्तित्व बिकास गर्दै सकारात्मक सोचको बिकासमा महत्वपूर्ण योगदान गरेको धारणा राख्नुभयो । 
कार्यक्रममा नवलपुरका साहित्यकारद्धय भुपेन्द्र गण्डर्षी र कृष्णादेबी शर्मा श्रेष्ठलाई जेसिज साहित्य सम्मान २०७५ द्धारा सम्मान गरिएको थियो । भने ए पी सुमनलाई जेसिज युवा साहित्य प्रोत्साहन सम्मान प्रदान गरिएको थियो । 
कार्यक्रमको अध्यक्षता नवलपुर जसीजका बर्ष २०१८ का अध्यक्ष त्रिभुवन तिवारीले गर्नुभएको थियो भने जेसिज सप्ताह बर्ष २०१८ का मूल संयोजक बिष्णु भुसालले स्वागत भनाई राख्नुभएको थियो । कार्यक्रममा १ दर्जन कवि तथा गजलकारहरुको उपस्थिति रहेको थियो । 
जेसिज सप्ताहको अवसरमा नवलपुर जेसिजले बुधबार देखि असोज २३ गते सम्म बिभिन्न कार्यक्रमको आयोजना गरि जेसिज सप्ताह मनाउन लागेको हो । बिहिवार कावासोती ८ मा रहेको मौलाकालिका अपांग सेवा संस्थामा खाध्यान्न तथा लत्ता कपडा वितरण कार्यक्रम रहेको छ ।

0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *