Saturday, October 6, 2018

खगेन्द्र पराजुली
देबचुली, २० असोज
हरियाली युवा क्लब रजहरद्वारा आयोजित धुसेरी सामुदायिक कप २०७५ को शनिवारको पहिलो खेलमा प्रगति कला मन्दिर कैलाशचोक प्रगतिनगरले जित हासिल गरेको छ । 
 प्रतिस्पर्धामा आयोजक हरियाली युवा क्लव बी लाई ३–० को अन्तरले जितेको हो । प्रगति कला मन्दिरका मार्टिन थापाले खेलको २१ औ मिनेटमा, हाफ पछि प्रभु श्रेष्ठले २ गोल गरे । शनिवारको पहिलो खेलको म्यान अफ द म्याच हरियाली युवा क्लवका बिबेक शर्मा भएका छन् । 
त्यस्तै प्रतियोगिताको दोश्रो खेल हरियाली युवा क्लव ए र गिरुवारी युवा क्लव बीच प्रतिस्पर्धा भएको हो । खेलमा हरियालीका नविन सेन ठकुरी र सुदिप तामाङले १÷१ गोल गरेका थिए भने गिरुवारीका कृष्ण सारु र निरज मिनुङले १÷१ गोल गरेका थिए । 
निर्धारित समयमा खेलको निर्णय नआए पछि खेल पेनाल्टीमा पुगेको थियो पेनाल्टी मार्फत आयोजक हरियाली युवा क्लव ए ले जित हात पारेको छ । दोश्रो खेलको म्यान अफ द म्याच आयोजक हरियाली क्लवका गोलकिपर निगम सुनार भएका छन् ।
प्रतियोगिताको प्रथम पुरस्कारको राशी १ लाख ५१ हजार द्धितीय पुरस्कारको राशी रु ८१ हजार रुपैया सहित सिल्ड मेडल र प्रमाणपत्र रहेको छ । प्रतियोगिताको मुख्य प्रायोजन धुसेरी सामुदायिक वनले गरेको छ ।  

0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *