खगेन्द्र पराजुली
देवचुली, २१ असोज
हरियाली युवा क्लब रजहर द्वारा आयोजित धुसेरी सामुदायिक कप २०७५ को आईतवारको खेलमा चितवन भण्डाराको हर्दी युवा क्लवले जित हात पारेको छ । आइतवारको खेलमा भण्डाराको हर्दी युवा क्लव र नवलपुर देवचुलीको कदमपुर युवा क्लबबीच प्रतिस्पर्धा भएको थियो ।
रजहरको देवचुली माबिको खेलमैदानमा भएको प्रतिस्पर्धामा भण्डाराको हर्दी युवा क्लवले ३-० को गोल अन्तरले जित हात पारेको हो । हर्दी युवा क्लवका दिपक चौधरीले खेलको ११औं मिनटमा, १५ मिनेटमा आशिष चौधरीले र हाफ पछिको २० औं मिनेटमा हुसेन बिकले १-१ गोल गरेका थिए । आईतवारको खेलमा म्यान अफ् दि म्याच हर्दी युवा क्लवबाट पहिलो गोल गर्ने खेलाडी दिपक चौधरी भएका छन् ।
प्रतियोगिताको प्रथम पुरस्कारको राशी १ लाख ५१ हजार द्धितीय पुरस्कारको राशी रु ८१ हजार रुपैया सहित सिल्ड मेडल र प्रमाणपत्र रहेको छ । प्रतियोगिताको मुख्य प्रायोजन धुसेरी सामुदायिक वनले गरेको छ ।
admin
0 ▼प्रतिक्रिया हरु▼:
Post a Comment