Saturday, October 13, 2018

खगेन्द्र पराजुली, 
२७, अशोज, (देबचुली) 
संघीय सरकारका खानेपानी मंत्री विना मगर शनिवार दिनभर नवलपुरका खानेपानी संस्थाहरुको अनुगमनका कार्यक्रममा ब्यस्त रहनुभयो ।

 खानेपानी मंत्री मगरले देवचुली नगरपालिका वडा नम्वर १६ मा शुरु हुन लागेको रजहर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको ओभरहेड ट्यांकीको एक कार्यक्रमका वीच शिलान्यास गर्नुभयो । स्थानीय सुमन अधिकारी र मदन बहादुर अधिकारीले संयुक्र रुपमा दान गर्नुभएको १ कट्ठा ३ धुर जमिन ट्यांकी वन्न लागेको हो ।
 त्यस्तै खानेपानी मंत्री बिना मगरले गैंडाकोट नगरपालिकाको वडा नम्वर १४ मा रहेको नगरटाँडी पुरानो गाहाटाँडीको खानेपानीको अवस्थाको वारेमा बुझ्नुभयो । छोटो रुपमा भएको कार्यक्रममा स्थानीयले आफूहरु अमरापुरी वजार क्षेत्रबाट नजिकै भएको भए पनि भौगोलिक रुपमा पहाडमै रहेको जस्तो लागेको वताएका थिए । गाहाटाँडीबासीले यस क्षेत्रमा खानेपानी, सिंचाई, बिद्युत, लगायत स्वास्थ्य र शिक्षा लगायत मौलिक हकबाट आफूहरु बञ्चित हुनु परेको दुखेसो पोखेका थिए। 

मंत्री मगरले सोही क्रममा नगरटाँडी, गाहाँटाडी, तारानगरको सालघारी, र भागर सहित यस क्षेत्रको खानेपानीको समस्या स्थलगत रुपमै आफूले महशुस गरेको भन्दै यहाँको डिपीआरका लागी तुरुन्तै सघाउने बताउनुभयो ।  अनुगमनकै क्रममा गैंडाकोट नगरपालिका अमरापुरीको अमरापुरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको लागी स्थायी इन्टेंक, डिप बोरिङ, र ओभरहेडको आवश्यकता रहेको संस्थाका अध्यक्ष गोपी कंडेलले जानकारी दिनुभयो । खानेपानी मंत्री मगरले बर्खाको समयमा जनतालाई शुद्ध र सफा पानी उपलब्ध गराउन गाह्रो परेको यस क्षेत्रमा डिप बोरिङ ओभरहेड वा अन्य उपयुक्त बिकल्पबाट प्रयोगमा आईरहेको पानीलाई ब्यवस्थापन गर्न सक्ने अध्ययन गरेर सहयोग पुर्याउने प्रतिवद्धता ब्यक्त गर्नुभयो । 

त्यसैगरी कावासोती नगरपालिका १६ मा रहेको अग्यौली खानेपानी तथा सरसफाई संस्थाको अनुगमनका क्रममा छोटो समयमा खानेपानीले गरेको प्रगतिप्रति सन्तोष ब्यक्त गर्नुभयो । खानेपानी संस्थाका अध्यक्ष शोभितप्रसाद शर्माले सरकार र संस्थाका संयुक्त लगानीमा खानेपानीको क्षमतालाई बृद्धि गरी यस क्षेत्रको दक्षिण्ी भेगमा रहेको थारु मुसहर वस्तीमा खानेपानी पुर्याउने लक्ष्यलाई सहयोग पुर्याउन गरेको अनुरोधलाई समेत मंत्री मगरले चासो राख्नुभएको थियो । 

खानेपानी मंत्री  शुक्रवार देबचुली नगरपालिकाको प्रगतिनगर खानेपानी संस्थाको साधारण सभा तथा ओभरहेड ट्यांकी उद्घाटन गर्न आउनुभएको थियो । खानेपानी मंत्री सहित मन्त्रीका निजी सचिव दिनेश सागर भुसाल, स्वकीय सचिवद्धय प्रकाश राना र शुकदेव चापागाइलगायतको टीमद्धारा अनुगमन भएको थियो ।  



0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *