खगेन्द्र पराजुली
१५ मंसीर, दलदले,
नवलपुरको देबचुली ७ मा रहेको भिमसेन आदर्श माध्यमिक बिद्यालयले आफ्नो ४९ औ बार्षिकोत्सव बिभिन्न रचनात्मक क्रियाकलापका साथ मनाउने भएको छ । बिद्यालयको ४९ औ बार्षिकोत्सवको अवसरमा प्रत्येक कक्षाकोठालाई प्रबिधिमैत्री बनाउने उदेश्यले रचनात्मक क्रियाकलाप गर्न लागिएको बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष सत्यनारायण भुसालले जानकारी गराउनुभयो ।
अध्यक्ष भुसालले जंक फुड निषेध गरौं दीर्घ जीवनका लागी स्वस्थकर खानाको प्रयोग गरौं भन्ने उद्घोषका साथ बिद्यालयमा अध्ययन गर्ने बिद्यार्थीहरुबाटै बनाईएका खाना खाजाका परिकारहरुको प्रदर्शनी गरिने, प्रदर्शनीमा राखिएको खाना ख्वाउने र त्यसबाट संकलित रकमले २० वटा कक्षाकोठामा प्रोजेक्टर सहितका प्रबिधिका सामाग्री जुटाएर बिद्यार्थीलाई पठन पाठन गराइने बताउनुभयो ।
बिद्यालय समुदाय लगायत जतासुकै मौलाउँदै गएको जंक फुड प्रयोगकर्तालाई सचेतना जगाउने र बिद्यालयमा समेत जंक फुडको प्रयोग निषेध गर्न बिद्यार्थीहरुले नै अभियान चलाएको भन्दै बिद्यालयका प्रधानाध्यापक नरदेब न्यौपानेले मंसीर १७ देखी १९ गतेसम्म ३ दिन प्रदर्शनमा राखिने खानाका १२ स्टलका अलावा बिद्यार्थीले नै तयार गरेका चित्र पोष्टर कार्टुन एवं पावरप्वाइन्ट स्लाइड सचेतनाका लागी अझ प्रभावकारी हुने हुने हुदा यसलाई फुड फेस्टिवल रुपमा लिईएकोे बताउनुभयो ।
प्रधानाध्यापक न्यौपानेले यसका अतिरिक्त कार्यक्रममा बिज्ञान प्रदर्शनीका ३ वटा स्टल, संग्राहालय सामाग्री प्रदर्शनीका ३ वटा स्टल, बिद्यार्थीहरुद्धारा नै नौमती बाजा बजाउने प्रदर्शनी, पिउने पानीको महत्व लगायत बिबिध साँस्कृतिक कार्यक्रम समेत भएको जानकारी दिनुभयो ।
बिद्यालयको बार्षिकोत्सवका अवसरमा १२ गतेदेखि खेलकुद क्रियाकलाप अन्तर्गत बल, एथलेटिक्स बौद्धिक क्षमता अभिबृद्धि क्रियाकलाप अन्तर्गत हाजिरीजवाफ, बक्तृत्वकला लगायतका कार्यक्रम भईरहेको छ । बिद्यालयको ४९ औं बार्षिकोत्सव तथा बार्षिक क्रियाकलापहरुको समापन एवं पुरस्कार बितरण मंसीर २१ गते गरिने बिद्यालयले जनाएको छ ।
admin
0 ▼प्रतिक्रिया हरु▼:
Post a Comment