Saturday, December 1, 2018

खगेन्द्र पराजुली
१५ मंसीर, दलदले
महिला तथा किशोरी हिंसा बिरुद्धको अभियान अन्तर्गत देवचुलीमा महिनावारी स्वास्थ्य र सरसफाई प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । शनिबार भिमसेन आर्दश मा बि  को सभाहलमा कार्यक्रम भएको हो । जागृति वाल तथा युवा सरोकार नेपालको आयोजनामा देवचुली नगरपालिकाको नगर शिक्षा शाखाको सहकार्यमा कार्यक्रम भएको थियो । स्वीरजरल्याण्डको सहयोगी संस्था क्यानालानको सहयोगमा अभियान  संञ्चालन गरिएको जागृति वाल तथा युवा सरोकार नेपालका कार्यक्रम संयोजक श्रद्धा वर्माले जानकारी दिनुभयो ।

शनिवारको कार्यक्रम प्रशिक्षण मुलक भएको भन्दै कार्यक्रम  संयोजक वर्माले महिनावारी सम्बन्धि अन्धविश्वास हटाउने  महिनवारी के हो शारीरिक परिवर्तनका बारेमा र घरेलु सामाग्रीवाट प्याड निर्माण गरी महिनावारी स्वास्थ्य र सरफाईका बिषयमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । 
वहाँले किशोरी शसक्तिकरणको परियोजना अन्तर्गत २०१८ अप्रिलदेखि देबचुली नगरपालिकामा द्धन्द हिंसा बिरुद्धमा, आत्म सुरक्षा, आत्म बल, नेतृत्व बिकास लगायतमा प्रशिक्षक प्रशिक्षण तालिम सञ्चालन गरी स्थानीय किशोरीहरुवाटै बिद्यालय र समुदायमा तालिम दिईरहेको समेत बताउनुभयो । वहाँले किशोरी शशक्तिकरण परियोजना अन्तर्गत नै रहेर देवचुली नगरपालिकाका ९ वटा सामुदायिक बिद्यालयमा किशोरीमैत्री शौचालय निर्माणको कार्य भईरहेको समेत जानकारी गराउनुभयो । 
कार्यक्रममा ४५ जाना किशोरीहरु सहभगीता थियो । कार्यक्रममा प्रशिक्षकका रुपमा जनस्वास्थ्य अन्तर्गतका बि पी एच का विद्यार्थीहरुले सहजीकरण गरेका थिए ।

0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *