Saturday, December 1, 2018

खगेन्द्र पराजुली
 १५ मंसीर, दलदले
जिल्ला खेलकुद बिकास समितिको आयोजनामा आठौं राष्ट्रिय खेलकुद २०७५ जिल्ला छनौट प्रतियोगिता हुने भएके छ । नवलपुरका ६ स्थानमा आइतवारदेखि शुक्रवारसम्म कार्यक्रम हुने भएको हो । 

नवलपुर जिल्ला खेलकुल बिकास समितिका अध्यक्ष बिकास खड्काले १६ गते आइतवार कोल्हुवाको मध्यबिन्दु ट्रेनिङ सेन्टरमा भलिवल, १७ गते सोमवार कावासोती ३ को राममन्दिर खेल मैदानमा एथलेटिक्स, कपर्दी र खोखो, १८ गते राममन्दिरमै फुटवल, १८ गते नै जनता माबि बेलुवामा ह्याण्डबल, १९ गते क्षेत्रिय रंगशाला गैंडाकोटमा क्रिकेट, १९ गते नै मुकुन्दपुर कभर्ड हलमा  बक्सिङ, फूल कन्ट्याक्ट कराते, भारत्तोलन, उसु २० गते योङ स्टार कभर्ड हलमा ब्याडमिण्टन, २० गते नै अठ्ठाईस बिगाहामा बास्केटबल, २१ गते जिल्ला खेलकुद बिकास समितिको कार्यालयमा बुद्धिचाल र त्रिबेणीमा आइ टि एफ् तथा नेपाल माबि केउरेनीमा सेपेताप्रो प्रतियोगिता सहित खेलाडी छनौट गरिने कार्यक्रम रहेको जानकारी दिनुभयो ।
अध्यक्ष खड्काका अनुसार जिल्लावाट छनौट भएका खेलाडी प्रदेश हुदै राष्ट्रियस्तरको खेलकुलमा छनौटका लागी प्रतिस्पर्धामा पुग्नेछन् । ६ दिनसम्म हुने छनौट प्रतिस्पर्धामा ७ सय खेलाडीको आवेदन परेको र त्यसमध्ये २ सय ४५ खेलाडी छनौट हुने खड्काले बताउनुभयो । 

0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *