खगेन्द्र पराजुली
१६ मंसीर, दलदले
देवचुलीमा सञ्चालित प्रथम देबचुली मेयर कप फुटबल प्रतियोगिता २०७५ को उपाधि फोर व्रदर्श गैंडाकोटले जित हात पारेको छ । शनिवार देबचुली नगरपालिका १० पृथ्वीनगरको लोकाहा खेल मैदानमा भएको फाइनल खेलमा फोर व्रदर्शले रजहरको फारम युवा क्लवलाई ५ का बिरुद्ध २ गोल अन्तरले पराजित गर्दै जित हासिल गरेको हो ।
प्रतियोगिताको समापन समारोहका प्रमुख अतिथि रहनुभएका देबचुली नगरपालिकाका मेयर पूर्णकुमार श्रेष्ठले स्थानीय स्तरमा सञ्चालन गरिने यस्ता खेलकुदले युवा खेलाडीको सर्बाङ्गिण बिकास हुने बताउनुभयो ।
कार्यक्रममा बिशिष्ट अतिथिका रुपमा रहनुभएका जिल्ला खेलकुद बिकास समितिका नवलपुरका अध्यक्ष बिकास खड्काले नवलपुर खेलकुदमा खेलाडी उत्पादन गर्ने उर्वरभूमि रहेको भन्दै खेलकुदका गतिविधिहरु बढाउँदै लगिएको र यसले अझ निखारिएका खेलाडी उत्पादन हुनेमा बिश्वास ब्यक्त गर्नुभयो ।
कार्यक्रममा अखिल नेपाल फुटवल संघ (एन्फा) नवलपरासीका अध्यक्ष सेतमान पुन, जिल्ला खेलकुद बिकास समितिका सदस्यहरु,जिल्ला समन्वय समिति सदस्य खिमा सारु, देबचुली नगरपालिकाका अधिकांश वार्डका जनप्रतिनिधिहरु, खेल संयोजक सुभाषचन्द्र ओझा लगायतको उपस्थिति रहेको थियो ।
प्रतियोगितामा प्रथम हुने गैंडाकोटको फोर व्रदर्शले ७५ हजार नगद सहित मेडल, प्रमाण पत्र र ट्रफी प्राप्त गरेका छन् भने दोस्रो हुने फारम युवा क्लव रजहरले नगद ५० हजार, प्रमाण पत्र र ट्रफी प्राएका छन् । देबचुली नगर युवा तथा खेलकुद बिकास समितिको आयोजना र शान्तिदीप युवा क्लव देबचुली १० को सह आयोजनामा भएको प्रतियोगितामा उत्कृष्ट खेलाडीमा गैंडाकोट फोर व्रदर्शका यदु शिलवाल, सर्बाधिक गोल कर्ता गैडाकोट फोर व्रदर्शका कन्या गुरुङ र अनुशासित टीम का रुपमा शान्तिदीप युवा क्लव पृथ्वीनगरले नगद पाँच हजार सहित सम्मानित भएका छन् । आयोजकले सेमिफाइनलमा बाहिरिने २ टीमलाई नगद दश दश हजार नगद पुरस्कार प्रदान गरेको छ ।
समापन समारोहको अध्यक्षता देवचुली नगर युवा तथा खेलकुद समितिका अध्यक्ष भीमलाल तिवारी गर्नुभएको थियो भने सञ्चालन राजु चापागाईले गर्नुभएको थियो ।
admin

0 ▼प्रतिक्रिया हरु▼:
Post a Comment